होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशमा हिरा गौतम पुन: निर्वाचित

चैत्र २० महोत्तरी___  होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशको दोश्रो अधिबेशनबाट हिरा गौतम पुन: निर्वाचित भएका छन्।आईतवार भएको परदेश अधिबेशनबाट गौतम दोश्रो कार्याकालको लागि सर्वसम्मत निर्वाचित भएका हुन्। होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा गौतमले पुर्र्याएको योगदानको कदर गर्दै व्यवसायीहरुको नै माग बमोजिम दोश्रो अधिबेशनले समेत गौतमलाई नै निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ।

अध्यक्ष बाहेक अन्य पदहरुमा भने धेरैजसो  नया अनुहार निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा बिष्णु कुमार साह, उपाध्यक्षमा सुरेन्द्र कुमार भण्डारी, माहासचिवमा बैकुण्ठ सापकोटा, कोषाध्यक्षमा दाना वहादुर थापा, सचिवमा तवारेज आलम, स-सचिवमा शिवराम राउत र स-कोषाध्यक्ष गोबिन्द गहतराज निर्वाचित भएको होटल तथा पर्यटन व्यवसायी संघ मधेश परदेशले जनाएको छ।

त्यस्तै सदस्यहरुमा अन्जु न्यौपाने, कल्याणी गौतम, ई. रामचन्द्र साह, अरविन्द्र कुमार चौधरी, बिद्यालाल प्रसाद र मुकेश कुमार प्रजापति निर्वाचित भएका छन्। होटल हवकोरुपमा विकास हुदैँ गएको मधेशमा पर्यटन विकासलाई जोड दिनुपर्ने वताउदै नवनिर्वाचित अध्यक्ष हिरा गौतमले अघिल्लो कार्याकालमा वाकी रहेका अधुरा कामहरुलाई पूर्णता दिने र पर्यटन विकासको नया गनतब्यको खोजी गरिने प्रतिबद्दता जनाएका छन्।

चारतारे होटलसम्म खुलिसकेको मधेशमा प्रत्येक जिल्लाहरुमा पर्यटकीय सम्भावनाहरुको खोजी गरेर मधेशलाई धार्मिक, सांस्कृतिक र पुरातोत्विक पर्यटनको विकासमा जोड दिने अध्यक्ष गौतमको भनाई छ। गौतम आफै पनि मधेशको चर्चित होटल होटल गौतमको संचालक हुन्। होटलबाट नै सफल व्यवसायीको पहिचान वनाएका गौतमले हालसालै धनुषाको लालगढमा समेत सुविधासम्पन्न होटल पारम्भ गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्