ओलीको मन्त्रिपरिषद् विस्तारलाइ हुकुमि तानाशाहिको संज्ञा : युवा संघ नेपाल

२२ जेठ उदयपुर । काम चलाउ केपी ओली सरकारले गैरकानुनी रुपमा गरेको मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर युवा संघ नेपाल-उदयपुरको गम्भिर ध्यानाकर्षण भएको छ ।

आज प्रेस विज्ञेप्ती जारी गर्दै संविधान नै मै हुँ ,मैल जे चाहान्छु त्यहि हुन्छ भन्ने सोच राखेर असंबैधानिक रुपमा संसद विघटन गरि कथित निर्वाचन समेत घोषणा गरिसकेको काम चलाउ सरकारले हिजो गरिएको मन्त्रिपरिषद् विस्तारलाई ओलीको हुकुमि तानाशाहिको संज्ञा दिएको विज्ञेप्तीमा उल्लेख छ ।

सम्मानित अदालतमा समेत यो कामचलाउ सरकारको बैधानिकता सम्बन्धमा मुद्दा परिसकेको अवस्थामा यसरी गैर कानुनी रुपमा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम भएको युवा संघ नेपाल-उदयपुरको ठहर रहेको छ ।

त्यस्तै सपथ खाने क्रममा उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द महतोले दिएको वक्त्वय प्रति युवा संघ नेपाल उदयपुरले घोर भत्सना गरेको छ । जसपाका नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहु राज्य र बहु राष्ट्र स्थापना गर्ने आफ्नो र आफ्नो पार्टीको मुख्य योजना भएको बताएका थिए । उनको यो भनाईको अहिले सर्वत्र विरोध हुन थालेको छ ।

राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने युवा संघको दावी छ । ‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन, त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ बिज्ञप्तीमा भनिएको छ।’

महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा सरकारले अनभिज्ञता प्रकट गरी सरकारले आवश्क कारवाही नगरे नेपाली जनताले आफै गर्ने र त्यस्को जिम्मा पनि सरकार आफैले लिनु पर्ने युवा संघ नेपाल-उदयपुरका अध्यक्ष ओम श्रेष्ठले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्