वडा कार्यालय भवन निर्माणका लागि नेपाली कांग्रेसका नेता रामकुमार राईबाट ९० लाख बराबरको जग्गा दान

 

१५ असार उदयपुर । उदययपुरको कटारी नगरपालिकाको वडा नं. ५ को वडा कार्यलय भवनको निर्माणको निम्ति  नपाली कांग्रेसका नेता रामकुमार राईले ४ कट्ठा (९० लाख) बराबरको जग्गा दान गरेका छन् ।

उनले कटारी नगरपालिका वडा नं-५ रिस्कु आपटार स्थित कित्ता नं ८ ग ३७३ बाट पश्चिम उत्तर तर्फ ४ कट्ठा जग्गा वडा नं. ५  को कार्यलयलाई  निशुल्क दान गरेको हुन् ।

युवा नेता राईले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्ट्रशन पास गर्नुभएको वडा अध्यक्ष शंकर राईले बताउनु भयो । हजुरबा डिल्लीसेर राई लगाइत हजुरमा साथै बुबा काशिराज राई लगायत आमाहरुको सम्झना स्वरुप वडा कार्यलयलाई जग्गा दान गरेको जग्गादाता तथा नेपाली कांग्रेसका नेता रामकुमार राईले बताउनु भयो ।

वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्ति भयो अब जति सक्दो चाडो सो स्थानमा आफ्नै भवन निर्माण गर्ने कार्यमा तल्लिन हुने वडा अध्यक्ष शंकर राईले बताउनु भयो ।

 

यहाँ कमेन्ट गर्नुहोस्