आज ‘इद उल फित्र’, सार्बजनिक बिदा

चैत्र २९ काठमाडौं___ आज सार्बजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।

इदको दिनमा नमाज पूरा गरे पछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु  ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।

यहाँ कमेन्ट गर्नुहोस्