कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिद्वारा १८ जनालाई जिम्मेवारी

मंसिर २३ काठमाण्डौं ___ नेपाली कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिले १८ जनालाई विभिन्न जिम्मेवारी दिएको छ। १४ औं महाधिवेशनको प्रचार कार्य अन्तिम चरणमा पुगेको बताएको कांग्रेसले १८ जनालाई संयोजक तोकेको हो। प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रचारप्रसार समिति अन्तर्गत रहेर विभिन्न संयोजक तोकिएका छन्।

जसअनुसार मिडिया सेन्टर संयोजकमा सुरेश आचार्य, प्रेस संघ–संगठन समन्वय संयोजकमा बद्री सिग्देल, अनलाइन समन्वय संयोजकमा समिरजंग शाह रहेका छन्।सामाजिक संजाल समन्वय संयोजकमा दिपेश विष्ट, मोफसल मिडिया सम्पर्क प्रचार संयोजकमा शिव लम्साल, उपत्यका प्रिन्ट मिडिया संयोजकमा दिपक आचार्य, बिट समन्वय संयोजकमा सरोज अधिकारी रहेका छन्।

साथै टेलिभिजन समन्वय संयोजकमा नीर शाह, रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा अञ्जनि झा, महिला प्रचार समन्वय संयोजकमा अन्जना अर्यालले जिम्मेवारी पाएका छन्। त्यस्तै युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशन स्थल काठमाडौं महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक संघ संस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी रहेका छन्।

साथै प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र श्रृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मिन भाम, डिजिटल बोर्ड प्रचार संयोजकमा सुसन वैद्य र प्रचारप्रसार सचिवमा दिने थापा मगरलाई जिम्मेवारी दिइएको छ। उनीहरूले महाधिवेशनको अवधिभर सम्बन्धित जिम्मेवारी व्यवस्थित रूपमा सम्पादन गर्ने सचिव प्रकाश शर्माले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्