माओवादी कार्यकर्ता दाइले जसपामा गएको भाइलाइ गरे कुटपिट

मंसिर २३ रौतहट ____जनता समाजवादी पार्टीमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रमा आवद्ध रहेका दाइले आफ्नै भाइ लाइ कुटपिट गरेका छन् । घटना रौतहट जिल्लाको बौधीमाइ नगरपालिका वडा नम्बर ८ को हो । नेकपा माओवादीमा रहेका भाइ स्थानीय राजेश्वर कुमार जैसवाललाइ उहाकै आफ्नो दाइ भाइ मिलेर आक्रमण गरेको हो ।

माओवादीबाट जसपामा प्रवेश गरेका जैसवाल र काशिराम पासवान दुवै जना अनटेस्ट कारमा बुधवार राति करिव ८.९ बजेको समयमा बसन्तपट्टिबाट घर जादै गरेको बेला महावीर चौकमा घेरा हालेर कुटपिट गरिएको पिडितहरुले बताएका छन् । माओवादी पार्टी छोडेर जनता समाजवादीमा गए पछि रिसिवी लिएका दाजु जय प्रकाश साह ,भाई शम्भु प्रसाद जैसवाल , हरि प्रसाद जैसवाल र राम विनय कुमार जैसवाल अन्य ३ जना अपरिचित व्यक्ति सित मिलेर आक्रमण गरि नगद १० लाख रकम र हातमा लगाएको चादीका ब्रासलेट समेत लुटेको पिडित राजेश्वर कुमार जैसवालले आरोप लगाएका छन् ।

गाडीमा बसेका पासवान र चालक समेतलाइ कुटपिट गरि घाइते बनाएकोले आरोपित माथि कानुनी कार्यवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दीएको उनले बताए । बासको लाठी ,फराठा , फलाम को रड तथा मुक्काले टाउको , पेट, छाती ,पिठ्यु लगायतका शरीरको अन्य भागमा प्रहार गरेको पिडितहरुले दावी गरेका छन् । आरोपित सित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् नसकेको कारण उनिहरुको प्रतिक्रिया समाबेश गर्न सकिएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्