घरमा क्रिस्चियन बुहारी भित्र्याउँदै लालू यादव

मंसिर २३ एजेंसी____ भारतका चर्चित नेता लालू यादवले छोरा तेजस्वी यादवको विवाह गरेर क्रिस्चियन बुहारी भित्र्याउने भएका छन् । छोरा तेजस्वीले क्रिस्चियन बुहारीसँग ‘लभ चक्कर’ चलाएको थाहा पाएर आक्रोशित भएका लालू अन्ततः छोराको रोजाइमा सहमत भएका छन् ।

क्रिस्चियन बुहारी भित्र्याउन लालू मात्रै होइन, उनको परिवारका कोही सहमत थिएनन् । तर तेजस्वीको जिद्दीसामु कसैको केही नचलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तेजस्वीकी प्रेमिका एलेक्सिस एयर होस्टेज हुन् । उनी राजधानी नयाँदिल्लीको वसन्तबिहारमा बस्ने गरेकी समाचारमा उल्लेख छ । एलेक्सिसका बुवा चण्डीगढको स्कूलमा प्रधानाध्यापक रहिसकेका छन् । तेजस्वी र एलेक्सिसबीच ६ वर्षदेखि दिल्लीमा पटक–पटक भेटघाट हुने गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्