नेपाली चलचित्र ‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक

चैत्र ११ काठमाडौँ___ चलचित्र ‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको प्रेमलाई केन्द्रमा राखिएको छ ।

झरना थापाले निर्देशन गरको चलचित्रको कथा पनि झरना स्वयंमले नै लेखेकी हुन् । यो पल्ट चलचित्रमा नायिका सुहाना नेवारकी छोरीको रुपमा चिनिएकी छन्। चलचित्रमा ‘कोको’ नाम गरेको कुकुरको पनि महत्वपूर्ण भूमिका देख्न सकिन्छ । नायक सलोन अनमोलको साथीको भूमिकामा देखिएका छन्।

चलचित्र सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा बनेको हो। चलचित्रको पटकथा र संवादमा निर्देशक झरनालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्र वैशाख १ गते नेपालभर प्रदर्शन हुँदैछ।

यहाँ कमेन्ट गर्नुहोस्