डी–सिने अवार्ड चैत्र २६ मा, घोषणा भयो सम्मान तथा पुरस्कार

चैत्र १२ काठमाडौँ___ अन्तिम समयमा आएर चैत्र १२ मा हुने भनिएको डी–सिने अवार्ड सरेको छ ।छायाँछवि क्रिएशनको आयोजनामा हुने डी–सिने अवार्ड अब चैत्र २६ मा हुने भएको छ । आयोजक संस्था छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले अवार्ड प्राविधिक कारणले सार्न लगिएको जनाए । आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै अवार्ड सरेको जानकारीसँगै हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।

डी–सिने अवार्डको अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार घोषणा गरिएको हो । यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरिने छ ।

त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फका) अभिनेता विजय लामा, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फको) झरना थापालाई प्रदान गरिने भएको छ । यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्