यी हुन् उदयपुरगढीमा काँग्रेसबाट अध्यक्षका प्रबल उम्मेद्धवारहरु

२३ चैत्र उदयपुरगढी । उदयपुरगढी गाउँपालिकामा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले र नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै उदयपुरगढी गाउँपालिकामा चुनावी सरगर्मी बढ्न थालेको छ ।

उदयपुरगढी गाउँपालिकाको अध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसभित्र गम्भीर छलफल जारी छ । अध्यक्षको टिकट पाउन आकांक्षीहरू शीर्ष नेताको घरदैलोमा पुग्न थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न कांग्रेसले स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ ।

उदयपुरगढीमा चुनावी सरगर्मी तातेको बेला अध्यक्षको उम्मेदवारहरुले आआफ्नो विजयको सुनिश्चितताको दावी गरेका छन् । उम्मेद्धवारहरुबीच रस्साकस्सी चलिरहेको बेला उनीहरुले उदयपुरगढीलाई समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन् ।

जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पालिका अध्यक्ष तथा मेयरको टिकटको दावी गर्न थालेका छन् ।

उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट ९ जनाले दावी गरेका छन् । नेपाली काँग्रेसबाट उदयपुरगढी गाउँपालिकाका अध्यक्षको उमेरदवारमा खेस बहादुर मगर, चन्द्रमणी गुरागाई(CM), जित बहादुर खड्का, पदमराज कार्की, भेष बहादुर मगर, मदन बहादुर कटुवाल, मिरा कटुवाल, यम बहादुर पाण्डे र हिरा कुमार कार्कीले दावी गरेका छन् ।

जित बहादुर खड्का यसअघिको चुनावमा पराजित भएका थिए । उनी पुनः अध्यक्षमा उम्मेदवारी दिने पक्षमा छन् । त्यस्तै काँग्रेस उदयपुरका जिल्ला सदस्य पदमराज कार्की र मनोनित जिल्ला सदस्य समेत रहेका मदन बहादुर कटुवाल पनि अध्यक्षका लागि पार्टीमा लविङ सुरु गरिरहेका छन् । लामो समय शैक्षिक क्षेत्रबाट विश्राम लिई नेपलाी कांग्रेस प्रदेश २(क)का सभापति खेस बहादु मगर पनि अध्यक्ष पदका बलिया उम्मेद्वार हुन ।

गाउँपालिका सभापति यम बहादुर पाण्डे साथै क्षेत्रिय सचिव समेत रहेका हिरा कुमार कार्की पनि अध्यक्षका आकांक्षी उम्मेदवार हुन् । महाधिवेशन प्रतिनिधि मिरा कटुवाल उदयपुरगढी गाउँपालिकाको अध्यक्ष पदकालागी एक मात्र महिला उम्मेद्धवार हुन । त्यस्तै लामो समय सामाजिक क्षेत्रमा कार्यरत कांग्रेसका युवा नेता चन्द्रमणी गुरागाइ(CM) पनि अध्यक्षका बलियो दाबेदारी प्रस्तुत गर्दै दौडधुप तिव्र गरिरहेका छन् ।
यतिबेला गाउँ गाउँमा नेताकार्यकर्ताहरु आफ्नो पार्टीलाई जिताउन तिव्र रुपमा लागिरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्