काठमाडौंमा बालेनलाई करिब २० हजार मतको अग्रता

जेष्ठ ११ काठमाडौं___ काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । उनले ५२ हजार ५७४ मत पाएका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।

सिंहलाई भन्दा बालेनलाई १९ हजार ५०५ मतको अग्रता छ । नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३२ हजार ६१२ मतका साथ तेस्रो स्थानमा छन् ।

यहाँ कमेन्ट गर्नुहोस्