आयल निगमद्वारा एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

असाढ़ ६ काठमाडौं____ नेपाल आयल निगमले एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा दोहोरो मूल्य ल्याउन लागेको बताए। ‘अब चाँडै हामी ग्यासको दोहोरो मूल्यमा जान्छौं। त्यसको लागि गठित समितिले प्रतिवेदन तयार पार्दैछ। प्रतिवेदन तयार भएपछि उद्योगी तथा व्यवसायीका लागि परल मूल्य र घरायसीका लागि सहुलियतमा जाने हाम्रो पनि चाहना छ,’ उनले भने।

उनले दोहोरो मूल्यमा जाँदा तीन वटा कुरामा ध्यान दिनुपर्ने बताए। उनले आकार, गन्ध र रंगको कुरा पनि प्रमुख रहेको बताए। ‘रातो र निलो सिलिन्डरको कुरा गर्‍यौं। तर रंगको कुरामात्र होइन, स्ट्यान्डर्डको कुरा पनि आउँछ। ५ किलो, १४ किलो, १९ किलो ५० किलो ४०० केजीसम्मका ग्यास अन्तर्राष्ट्रिय बजारमा आउँछ। तर हाम्रोमा अध्ययन समितिको प्रतिवेदनले जे भन्छ। त्यही अनुसार जान्छौं,’ उनले भने।

उनले नेपाल भूपरिवेष्ठित देश भएको र प्रशोधन पनि भारतमा गर्नुपर्ने भएकाले उतैको मूल्यमा चल्नुपरेकफ स्पष्ट पारे। ‘भारतसँगको सम्झौताअनुसार फिनिशङ प्रोडक्टमा जान्छौं। किनकि हामीसँग प्रशोधन गर्ने केन्द्र छैन। उताबाट जुन मूल्यमा आउँछ। त्यही मूल्यमा हामी जानुपर्छ,’ उनले भने। उनले आइतबारको दिन विदा हुँदा ११ प्रतिशतले पेट्रोल खपत खटेको बताए। ‘सरकारले आइतबारको विदा कटौति गरेको अवस्था छ। तसर्थ धेरै कुरा त्यसमा भन्नुहुँदैन। तर आइतबारको विदाले पेट्रोलमा ११ प्रतिशत र डिजेलमा ४ प्रतिशत खपत कम भएको थियो,’ उनले भने।

उनले आयल निगमका कर्मचारीले पछिल्लो समय बोनल नखाएको स्पष्ट पारे। ‘सञ्चारमाध्यममा बोनस खाएको कुरा पनि आउँछ। तर नेपालमात्र त्यस्तो देशको जसले पछिल्लो समय बोनस खाएको छैन,’ उनल भने। उनले स्वचालित मूल्य कायम भएपछि आयल निगम पनि नाफमा जाने बताए। ‘हामी नाफामा जान्छौं। स्वचालित मूल्यमा गएपछि पक्कै पनि नाफा हुन्छ,’ उनले भने। उनले पेट्रोल अझै १३.५८ रुपैयाँ र डिजेलमा १३.९५ रुपैयाँ घाटा रहेको बताए। प्रति महिना ४ अर्ब ७० करोड रुपैयाँ आयल निगमलाई घाटा रहेको बताए।

यहाँ कमेन्ट गर्नुहोस्