जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्दै, साँझ शपथको तयारी

साउन १५ काठमाण्डौं ___ जनार्दन शर्माले आज पुन अर्थमन्त्रीमा शपथ लिने भएका छन्। बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

त्यसपछि गठन भएको संसदीय दलको छानविन समितिले बुझाएको प्रतिवेदनमा शर्मालाई ‘क्लिन चिट’ दिएको थियो। ‘अध्यक्ष र प्रधानमन्त्रीबिच आज बिहान १० बजे भेट भएको थियो। त्यसमा के कुरा भयो थाहा छैन,’ पूर्वअर्थमन्त्री जनार्दन शर्माले भने। माओवादी स्रोतले भने शर्माले आजै अर्थमन्त्रीमा शपथ लिने जनाएको छ।

नेकपा माओवादीले शर्मालाई पुनःअर्थमन्त्री बनाउने भएपछि शपथ लिने तयारी भएको हो। राष्ट्रपति कार्यालयले साँझ ५ बजे शपथको तयारी गरेको छ। शर्मा राजीनामाको २५ दिनपछि पुन: अर्थमन्त्रालय फर्कन लागेका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्