आलोकश्रीको एकल संगीतमा ‘झिलमिल सितारा’ एल्वम सार्वजनिक

माघ ५ काठमाडौँ ___ आलोकश्रीको एकल संगीतमा उदितनाराण झा, दीपा नारायण र आदित्य नारायण झाको गीति एल्वम ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रम गरी उक्त एल्वम सार्वजनिक गरिएको हो। यो एल्वमले नेपाली संगीत क्षेत्रमा छुट्टै स्वाद लिएर आएको संगीतकार आलोक श्रीले बताएका छन्।

एल्बम भित्र आठ वटा गीत छन्। ती–झिलमिल सितारा, हे माया, तिमीसँग हिड्दा, नौ थरी सपना, पानी छ्याँदै, देखूँ देखूँ, जुन बनी र हावाले भन्छ हुन्। हे माया र नौ थरी सपना आलोक श्री आफैंको शब्द संगीतमा रहेको गीत हो। अन्य गीतका रचनाकार एस पी कोइराला, मुकुन्दराज शर्मा, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधान हुन्।

यहाँ कमेन्ट गर्नुहोस्