समसामयिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक शुरू

चैत्र ११ काठमाडौं___समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक शुरू भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारीको बैठक शुरू भएको जानकारी देउवाका स्वकीय सचिव भानु देउवाले दिए । ‘बारा, तनहुँ र चितवनमा १० वैशाखमा उपचुनाव हुँदैछ । यसैले यसैलाई केन्द्रमा राखेर कांग्रेसको पदाधिकाकारी बैठक बसेको हो’, भानुले भने, ‘बैठकले पार्टीबाट कसलाई उम्मेदवारको मापदण्डसहितका विषयमा एउटा टुंगो दिन्छ ।’

कांग्रेसले तनहुँ र १ र चितवन २ मा उम्मेदवार उठाउने तयारीस्वरुप नाम सिफारिस गर्न क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई निर्देशन दिइसकेको छ । तर सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई छोड्ने भएपछि बारा २ मा भने कांग्रेसले उम्मेदवार नउठाउने तयारी गरेको छ । बैठकमा सरकार विस्तारको तयारी र प्रधानमन्त्रीसँग भइरहेको छलफलबारे पनि समीक्षा हुने बुझिएको छ ।

कांग्रेसले सरकारमा ८ मन्त्रालय दाबी गरिरहेको छ । तर साना दलले भागबन्डामा धेरै मन्त्रालय खोजेपछि सरकार विस्तारमा ढिला भइरहेको छ । कांग्रेसबाट तनहुँमा गोविन्द भट्टराई र चितवनमा जीतनारायण श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताइन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्