गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक

असोज १८ काठमाडौँ ___ गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द, संगीत रहेको गीतमा कृष्णलाई स्वरमा मेलिना राई र रेखा जोशीले साथ दिएका छन् । गीतको भिडियोमा राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशीको अभिनय छ ।

जीबी आग्रीको निर्देशन रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।सन्देशमुलक गीतको भिडियोले एकल महिलाको चाँहनाको पक्षलाई उठान गरेको छ । गोपाल रायले खिचेको भिडियामा विपिन मल्लको सम्पादन र मनोज श्रेष्ठको भीएफएक्स रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्