वेब सिरिज ‘कैंची’को छायाँकन सुरु

पौष ११ वीरगंज___ वेब सिरिज ‘कैंची’को छायाँकन सुरु भएको छ । सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा शुभमुहूर्त गर्दै यो वेभ सिरिजको छायाँकन थालिएको हो । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले वेभ सिरिज कैंचीको निर्माण घोषणा गरेको थियो । मधेशकै सेरोफेरोमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दिपक आरजे र सरोज शाहको अभिनय रहनेछ ।

मधेश प्रदेशका घटना तथा अपराजहरुलाई सिरिज मार्फत देश बिदेशमा पु¥याउने उदेश्य सहित मधेशको सेटअपमा यो सिरिज निर्माण गरिँदैछ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । यो सिरिजको निर्देशन पनि नरेश आफैले गर्दैछन्,‘सत्य घटनाबाट प्रभावित वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई हामीले प्रस्तुत गर्ने छौं ।  बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ ।’

यो सिरिजमा मित्र डि गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमित राज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ । बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिजको निर्मातामा गणेश प्रसाद बाघ र कार्यकारी निर्मातामा समिर खरेल रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्