प्रीमियर लिंग क्रिकेट प्रतियोगिताको तयारी पूरा, १७ गते उदघाटन हुने

पौष १४ रौतहट ___ रौतहट जिल्लाको गौरमा पहिलो पटक गौरी शंकर यादव प्रीमियर लिंग क्रिकेट प्रतियोगिता हुने भएको छ ! क्रिकेट खिलाड़ी उत्पादन गर्ने उदेश्यले गौरी शंकर यादव फाउंडेशनको आयोजनामा पौष १७ गते देखि प्रीमियर लिंग क्रिकेट प्रतियोगिता शुरू हुने आयोजक सस्थाले जनाएको छ । शनिवार गौरमा आयोजित पत्रकार सम्मलेन गौरी शंकर यादव फाउण्डेशनका अध्यक्ष मोहन यादवले १७ गते देखि शुरू हुने जीपीएल क्रिकेट प्रतियोगिताको लागि टीम छनौट भईसकेको जानकारी गराएका छन।

गौर नगरपालिकाका ९ वटा टीम सहभागी हुने प्रतियोगिताको उदघाटन १७ गते हुने बताए।
२ वटा समूहमा रहेको टीमले १९ वटा मैच खेलिने बताउँदै ग्रुप ए मा ५ र ग्रुप बी मा ४ वटा टीम ले १६ वटा लिंग र २ वटा सेमि फाइनल खेलिने छन ।  वड़ा नमबर १ को टीमलाइ क्रान्तिद्वार ११ , २ को टीम लाइ बानेश्वर ११ , ३ को टीमलाइ शिबगंगा ११ , ४ को टीमलाइ सोवरनामाई ११ , ५ को तिम्लाई बारहवा ११ , ६ को टीमलाई सबगढा ११ , 7 को टीमलाइ सिसवा ११ , ८ को टीमलाइ दरवार ११ र वड़ा नम्बर ९ को टीमलाइ सिर्सिया ११ नामाकरण गरिएको प्रीमियर लिंग ११ दिन हुने अध्यक्ष यादवले जनाए ।

प्रत्येक मैचको मैन ऑफ दी मैच घोषित हुने खिलाडीलाइ १ हजार १ सय ११ रुपैया नगद पुरस्कार दिइने बताए । यो पुरुस्कार परिवार बेकरी हाउसले दिनेछन ! रौतहट जिल्ला क्रिकेट संघको सहकार्यमा हुने प्रतियोगिताको सम्पूर्ण खेल ऐतिहासिक मैदान गौर राइस मिलको ग्राउंडमा हुने फाउण्डेशनले जनाएको छ । ग्रुप ए मा समूहमा रहेका ५ वटा टीमले १० तथा समूह बी मा रहेको टीमले ६ वटा लिंग मैच खेलिनेछन ! पहिलो पटक भई रहेको प्रीमियर लिंगको मैच नेपाल क्रिकेट संघले बनाएको नियम संग खेलाइने रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्