दक्षिण भारतीय सिनेमा ‘हनुमान’ शुक्रबार नेपालमा पनि रिलिज

माघ ६ काठमाण्डौं ___ दक्षिण भारतीय सिनेमा ‘हनुमान’ शुक्रबार नेपालमा पनि रिलिज गरिएको छ । ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्म नेपालमा ल्याएको हो । ‘लो बजेट’ मा निर्माण भएको फिल्मको चर्चा भारतमा पनि भइरहेको छ । प्रशान्त बर्माले निर्देशन गरेको यो फिल्मले भारतीय बक्स अफिसमा चार दिनमै ५५ करोड कमाइसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, हिन्दी भाषामा मात्र यो फिल्मले ४ दिनमा १६ करोड १७ लाख आर्जन गरेको छ ।

नेपालमा भएको कमाइको केही हिस्सा अयोध्याको राममन्दिरका लागि पठाउने घोषणा नेपाली वितरक मनोज राठीले गरेका छन् । उनका अनुसार, बेचिएको प्रति टिकटबाट ५ रुपैयाँ अयोध्या पठाउने निर्णय भएको छ । पौराणिक कथामा आधारित फिल्मको भीएफएक्स र ब्याकग्राउण्ड स्कोरलाई लिएर खुब तारिफ भइरहेको छ । फिल्ममा तेजना सज्जा, अमृता अय्यर, वरलक्ष्मी सरथकुमार, राज दीपक, विनय रायलगायतको प्रमुख भूमिका छ ।

यहाँ कमेन्ट गर्नुहोस्