लिम्चुङ्बुङ गाउँपालिका वडा न ५ का बिधालयले ४१औ वाषिर्क उत्सव मनाएको छ

अमुर्त अनलाइन

उदयपुर ,माघ १९,। लिम्चुङबुङ गाउँपालिकाका वडा न. ५ स्थित श्री बाल आधारभुत बिद्यालयले ४१ औ वार्षिकोत्सब मनायको छ । उक्त बिद्यालयको ४१औ वार्षिक उत्सबमा लिम्चुङबुङ गाउपालिकाका उपाध्यक्ष पुष्पलाल राई ले उद्घाटन गरेका हुन ।

विद्यार्थीहरुको पठनपाठनको लागि उत्कृष्ट शिक्षण साथै खेलकुदमा विशेष ध्यान दिनु पर्ने उपाध्यक्ष पुष्पलाल राइले ध्यानाकर्षण गराउनु भएको छ ।

अभिभावकको लागि दोरि तान्ने खेल , महिला समुहको लागि सियोमा धागो छिराउने खेल , शिक्षकको लागि म्युजिकल चियर खेल र विद्यार्थीको लागि ४-५ को लागि हिसाब खेल र १-२-३ को लागि बोतलमा पानी भर्ने खेल खेलाउनु भएको प्रधानाध्यापक तिलक राई ले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रमसहायक प्रधानाध्यापक दिनेश कट्टुवाल ले संचालन गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्