भ्यालेन्टाइट सप्ताह शुरु : आज ‘रोज डे,।

अमुर्त अनलाइन,

काठमाडौ,

‘भ्यालेनटाइन डे’ को प्रतिक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमीप्रेमीकालाई रातो ‘गुलाब’को फूल दिएर मनाइरहेका छन् ।यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केहि वर्षयता यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ ।

१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउने गर्छन् । यसको शुरुवात ७ फेब्रुअरीबाट शुरु हुन्छ ।

आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा हेरिन्छ ।

प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्