विराटनगरमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता शुरु

०५ फाल्गुन विराटनगर । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गोग्राहले निर्धारित २० ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ६२ रनमा सिमित भयो । जस्मा आशिषकुमार इसारले सर्वाधिक ३१ रन बनाए । आर्दशका म्यान अफ द म्याच प्रशान्त कुशैयतले ४ विकेट लिए ।

६३ रनको सामान्य लक्ष्य पछ्याएको आर्दशले ७ ओभरमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ । जस्मा प्रभास यादवले सर्वाधिक १६ रनको योगदान दिए । गोग्राहका अरविन्द मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले नमुना विद्या मन्दिरलाई २२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरको खेलमा १५ औं ओभरमा सवैm विकेट गुमाई ६२ रनको योगफल तयार पारेको थियो । जस्मा रियाज आलमले सर्वाधिक १४ रनको योगदान दिए । नमुनाका राजिव कामतले ३ विकेट लिए ।

६३ रनको विजयी लक्ष्य पाएको नमुनाले १६ औं ओभरमा सवै विकेट गुमाई ४० रनमा सिमित भयो । नमुनाका कसनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । न्यू मूनका म्यान अफ म्याच सहवाज आलमले ५ विकेट लिए ।

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका १६ स्कुल सह्भागि रहेको मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद बाबुले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्