बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सवार गर्ने

११ फाल्गुन २०८०, शुक्रबार

अमुर्त अनलाइन,

गाईघाट त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने भएका छन् । यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन विहान ७:०० बजे देखि सुरु गर्न लागेको बहेडवा सामुदायिक थारु होम स्ते संचालक उतिम चौधरीले जानकारी दिनु भएको छ ।

 

होम स्टे भित्र आउने पाहुनालाई स्वागत गर्ने एउटा मध्यम बयल गाडा सफारी पनि रहेको संचालन समितिका अध्यक्ष भगवानसिंह चौधरीले बताए । चौधरीका अनुसार सफारी बहेडवाको थरुहट चौक देखि समाजसेवि समुहको कार्यालय लगाएत पुर्वटाेलको बाटाे हुँदै वडा अध्यक्ष नबिन चौधरीको घर पुगेर करिब दुई कि.मि यात्रा पछि पुन थरुहट चौक पुग्ने बताउनु भयो । सफारी गर्दा प्रति व्यति रु.१०० लाग्ने अध्यक्ष चौधरी जनाए ।

 

संचालकका अनुसार बयल गाडा सफारीबाट उठेको रकम साँस्कृतिक भवन बनाउन खर्च गरिने बताउनु भयो साथै प्याकेजमा थारु खाजा सेट रु. २०० मा आफुले चाहे जति खान सकिने बताउनु भयो । र जिल्ला होटल तथा प्रर्यटन ब्यबसायि सघ, उदयपुरको समन्वय सहकार्य रहने पनि जानकारी दिनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्