उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ ले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र निस्सा वितरण सुरु

२० फाल्गुन २०८०, आईतवार

अमुर्त अनलाइन ,

गाईघाट / त्रियुगा नगरपालिकाले ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको छ । त्रि.न.पा वडा नम्बर ३ बाट स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको हो । त्यहाँका स्थानीयहरू ऐलानी जग्गाको जग्गाधनी पुर्जा नहुँदा घरनक्सा पास, बैंकिङ कारोबार र बिक्री वितरण गर्न नपाउने जस्ता समस्या झेल्दै आएका थिए ।

आज एक कार्यक्रम बीच त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतले स्थानीयलाई राष्ट्रिय भूमि आयोगको अनुसूची २ बमोजिम वडा कार्यालयबाटै ऐलानी जग्गाको निस्सा वितरण सुरु गरिएको बताए । यसै क्रममा उनले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जा बिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु गरेको वडा अध्यक्ष तिलक  कटुवाल भएको बताए हुन ।

वडा अध्यक्ष तिलक कटुवालका अनुसार अहिले वितरण गरेको निस्सा स्थानीयले के कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहेका छन त्यसको प्रमाण भएको र त्यसैका आधारमा पछि जग्गाको नाप, नक्सा र लालपुर्जा यहि निस्साको आधारमा हुने छ । वडा नम्बर ३ मा मात्र ऐलानी जग्गाको निस्सा पाउनेको संख्या २ हजर २ सय ६० रहेको छ । जसमा सुकुम्बासी र जग्गा बिहिनको संख्या ५७ रहेको कटुवालले जानकारी दिनु भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्