कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थाले

फागुन २३ काठमाडौँ___ नेपाली कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ । बुधवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरिरहेको छ । कांग्रेस सभापति देउवाले ठाकुर, राउत र चौधरीलाई फोन गरेर भेटवार्ताका लागि बोलाएका थिए ।

छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा नेता, शेखर कोइराला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि सत्ता विमुख भएको कांग्रेसले जनमत, लोसपा र नाउपासँग सहकार्यका लागि छलफल थालेको देखिन्छ ।

कांग्रेस नेताहरू राप्रपासँग पनि संवाद गरिरहेका छन् । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रवादी लोकतान्त्रिक गठबन्धन बनाएर जान आफूहरू तयार रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्