बहेडवा सामुदायिक थारू होम स्टेमा बयलगडी (लहरु) सफारी शुभारम्भ

अमुर्त अनलाइन ,

फागुन २५ । त्रियुगा नगरपालिका वडा नम्बर १३ मा रहेको बहेडुवा सामुदायिक थारु होम स्टेले बयलगडी (लहरु) सफारी शुभारम्भ गरेको छ । कोशी प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले बयलगडी सफारीको औपचारिक रुपमा शुभारम्भ गरेको हो । थारु परिकार सँगै थारु संस्कृतिलाई पनि जोड्ने भन्दै होम स्टेले सफारी शुभारम्भ गरेको हो । शुक्रबार मन्त्री खत्री सहित बिशिष्ट अतिथिहरु कोशी प्रदेश खानेपानी तथा सिँचाई मन्त्री नारायण बुर्जा मगर, उपसभामुख सिर्जना दनुवार, समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे र त्रियुगा नगर उपप्रमुख महेश्वरी राई लगायतको उपस्थितिमा बयलगडी सफारी शुभारम्भ गरिएको हो ।

बयलगडीमा सवारी गर्दै एक फन्का लगाएर मन्त्री खत्री लगायतका व्यक्तिहरुले सफारी शुभारम्भ गरेको छ । होम स्टेका अध्यक्ष भगवान सिंह चौधरीले थारु संस्कार संस्कृति सँग जोडिएको बयलगडी सफारी पछिल्लो समय लोपन्मुख बन्दै गएको जनाए । यसलाई पून उजागर, संरक्षण गर्दै बचाएर राख्न बयलगडी सफारीको शुभारम्भ गरिएको अध्यक्ष चौधरीको भनाई छ । साथै यस बयलगडीले होम स्टेमा पर्यटकहरुलाई आकर्षक बनाउने अध्यक्षले जनाए ।

होम स्टेले शुभारम्भ गरेको बयलगढी अब निरन्तर रुपमा संञ्चालन हुने व्यवस्थापक प्रभा चौधरीले बताईन् । चोधरीले प्रदेश मन्त्रीहरुको बिषेश उपस्थिति तथा सांस्कृतिक कार्यक्रमकाबीच बयलगढी सफारी भव्य रुपमा शुभारम्भ गरिएको बताईन् । यस्तै होम स्टेका प्राविधिक सल्लाहकार उत्तिमलाल चौधरीले बहेडुवा थारु सामुदायिक होम स्टेले थारु परिकारको स्वाद पर्यटकहरुलाई चखाईरहेको जनाए । स्थानीय जातजातिको खाना अन्तर्गत थारु परिकारलाई होम स्टेले बिषेश प्राथामिकता दिनुका साथै स्वादमा मन जितिरहेको चौधरीको भनाई छ । होम स्टेलाई थप हाराबार बनाउन बयलगडी सफारीको शुभारम्भ गरेको उनले जनाए । बयलगढी सफारीको सम्पूर्ण आम्दानी थारु सांस्कृतिक भवन निर्माण गरिने छ जानकारी दिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्