काठमाडौ मण्डला थिएटरमा नाटक´आकाशको बाटो’ मञ्चन हुने

अमुर्त अनलाइन,

फाल्गुन २९, काठमाडौँ – मण्डला थिएटरमा चैत २ गते देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। आकाशको बाटोको लेखन तथा निर्देशन प्रदीपकुमार चौधरी हुन् । यो नाटक शुक्रबारदेखि चैत १८ गतेसम्म मञ्चन हुने बताएका छन ।

सोमबार पोस्टर सार्वजनिक गर्दै मण्डलाले नयाँ मञ्चनबारे जानकारी दिएको हो । आकाशको बाटो हुँदै विदेशिन बाध्य युवाको कथावस्तुमा नाटक बनेको हो ।

निर्देशक चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावको कारणले या कुनै न कुनै बहानामा नेपाली युवा आकाशको बाटो हुँदै विदेश जाने चलन प्रथाकै रुपमा स्थापित हुँदै गइरहेको छ ।’

यो नाटकलाई निर्देशक चौधरी विदेशिनुपर्ने बाध्यताको कारण समाजमा निम्तिएको प्रभाव र परिवर्तनको दस्तावेजको रुपमा व्याख्या गर्नेछन् । यो नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ राई र आकृति केसीको प्रमुख भूमिका हुने बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्