तीन तले आमा समाजद्वारा प्लेइड फर चेन्ज फाउन्डेसनको वार्षिक कार्यक्रम सम्पन्न

अमुर्त अनलाइन

उदयपुर कटारी ,चैत १,। कटारी नगरपालिका वडा न. ५ स्थित तीन तले आमा समाजद्वारा प्लेइड फर चेन्ज फाउन्डेसनको वार्षिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ रहनु भएको थियो भने उक्त कार्यक्रमका सभापतिमा तीनतले आमा समाजका अध्यक्ष पार्वती दाहाल रहनुभएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिकको सम्मान , बृहत् संस्कृति कार्यक्रम र लैङ्गिक हिंसा सम्बन्धी छलफल कार्यक्रम गरेको हुन् । उक्त कार्यक्रममा कटारी नगरपालिकाका नगरप्रमुख राजेश चन्द्र श्रेष्ठले भने यो कार्यक्रम सम्पूर्ण वडामा यस्तो कार्यक्रम हुन जरुरी छ । यस्तो कार्यक्रमले सम्पूर्ण जनतामा सचेत बनाउने र सम्मान हुने जस्ता कुरा बताए हुन ।

 

यहाँ कमेन्ट गर्नुहोस्