उदयपुर-गाईघाटमा चैत ७ गतेदेखि जुत्ता–चप्पल महोत्सव

 

अमुर्त अनलाइन,उदयपुर, चैत ६।

उदयपुरमा भोलि चैत ७ गतेदेखि जुत्ता–चप्पल महोत्सव सुरु हुने भएको छ । नेपाली ब्राण्डको रुपमा स्थापित उत्पादनहरुलाई आम उपभोक्ता सामु चिनाउन र व्यपार व्यवसायिकीकरणका लागि सदरमुकाम गाईघाट बजारमा महोत्सव आयोजना गर्न लागिएको हो ।

त्रियुगा नगरपालिका– ११ पिपलचोक नजिकै कामना विकास बैंक भएकै घरमा संचालन हुने महोत्सवमा बिभिन्न ५ नेपाली ब्राण्डका जुत्ता चप्पल उपलब्ध हुने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । महोत्सव अवधिभर बिहान ९ः०० देखि बेलुका ७ः०० बजेसम्म नियमित खुल्ला रहनेछ ।

मेलामा रोयल शु इन्डष्ट्रिजको उत्पादन रोयल सुज, वेश फुटवेयरको उत्पादन विएफडियर हिल र विएफ स्पोर्ट, लालीगुँरास फुटवेयरको उत्पादन क्रसरोड सुजलगायत उपलब्ध हुनेछन् । त्यसैगरी शुभकामना फुटवेयरको उत्पादन फस्टवाक शुज, डिजे शुज कम्पनीको उत्पादन डिजे शुज गरी नेपालमा स्थापित लोकप्रिय कम्पनी र ब्राण्डहरु उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ३ हजारभन्दा बढी मोडल र डिजाईनका जुत्ताहरु राखिने मेला संयोजक उपाध्यायको भनाई छ । नेपालमा उत्पादन भएका र गुणस्तरीय जुत्ता चप्पलसँगै कम्पनीहरुले भर्खरै उत्पादन गरेको नयाँ मोडलहरु समेत सार्वजनिक गरिने उपाध्यायले जानकारी दिए । महोत्सव अवधिमा १५% देखि ५०% छुँटसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

निशुल्क प्रवेश रहेको महोत्सवस्थलमा करिब ५० हजार ग्राहकलाई प्रत्यक्ष अवलोकन गराउने लक्ष्य रहेको उपाध्यायले बताए । ७ गते त्रियुगा नगरपालिकाका मेयर बशन्तकुमार बस्नेतले उद्घाटन गर्ने बताए छन ।

यहाँ कमेन्ट गर्नुहोस्