आज मार्च २२ तारिख विश्व पानी दिवस

चैत्र ९ काठमाडौं___ आज मार्च २२ तारिख विश्व पानी दिवस । विश्वभर मनाइने विश्व पानी दिवस नेपालमा पनि आज विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व पानी दिवस मनाउन लागिएको हो । सन् १९९२ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो ।

सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालिएको हो । स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग र सचेत बनाउने दिवसको उद्देश्य हो । राष्ट्रसंघले सन् २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्