पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता

११ चैत्र उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन । बेपत्ता हुनेमा ८ बर्षीय चोलकचन्द्र मगर,७ बर्षीय रिदम मगर र ११ बर्षीया रेखा मगर रहेका छन ।

होली खेले पश्चात साउनेस्थित धाप्लाङघाटमा पौडी खेल्न गएका उनीहरु कोशी नदीमा हराएका हुन । दिउँसो ३ बजे बालबालिकाहरु धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरु तीनै जना होली खेलेपछि पौडी खेल्न सुनकोशीमा गएका थिए । पौडी खेल्न गएका अरु ४ जना बालबालिकालाई भने स्थानीयले कोशी नदीबाट उद्धार गरेको त्रियुगा-१४ का वडाध्यक्ष हेमराज मगरले जानकारी दिनुभयो ।

बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको वडाध्यक्ष मगरको भनाइ छ ।।

यहाँ कमेन्ट गर्नुहोस्