कोशीले बगाएका तिनै जना बालबालिका भेटिए,

अमुर्त अनलाइन ,

उदयपुर ।।दुधकोशीमा हराइरहेका ३ बालबालिकाको शब फेला परेको छ।बुधबार २ जनाको शब फेला परे संगै तीनै जना भेटिएको प्रहरीले जनाएको छ।

त्रियुगा नगरपालिका १४ साउनेका बर्ष ७ का रिदम मगर , बर्ष ११ कि रेखा मगर र बर्ष १२ का लोक बहादुर मगर आइतबार दिउसो कोशीमा बेपत्ता भएका थिए ।होलि खेलेर नुहाउने क्रममा उनिहरु बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।नुहाउन गएका अन्य ५ जना लाई तत्काल स्थानियले उद्घार गरेका थिए ।

आइतबार दिउसो देखि कोशीमा हराइरहेका उनिहरुको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोलि समेत परिचालन गरिएको थियोे , तर गोताखोर टोलिले हराइरहेका ति बालबालिका फेला पार्न नसके पछी उक्त टोलि फिर्ता भएको थियो ।स्थानिय गाउले र प्रहरीटोलिले निरन्तर खोजी कार्य जारि राखे पछी मङगलबार रिदम र बुधबार रेखा र लोक बहादुरको शब फेला पारेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।आज बिहान् लोक बहादुरको र दिउँसो रेखाको शब भेटिएको उनले बताए ।उनले लोक बहादुरको शब फेला परेको ठाउ देखि झन्डै ८ किलोमीटर तल कम्फुघाट पुल मुनि रेखाको शब फेला परेको बताए ।तीन जनाको शब फेला परे पछी खोजी कार्य सकिएको र प्रहरी टोलि फिर्ता आइसकेको उनले बताए ।पोस्ट मार्टमको लागि अहिले ३ जनाको शब जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्