मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

भाद्र २७,२०७७ ।
सुनसरीको रामधुनी नगरपालिका-५ लगुना चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे १ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प १४१२ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया ईन्द्र लक्ष्मी शाक्यलाई ठक्कर दिंदा घाईते भएकी उनीलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा दिउँसो साँढे ३ बजे मत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्