नियन्त्रीत लागुऔषध गाँजा र ट्याब्लेट सहित ४ जना पक्राउ

भाद्र २७,२०७७ ।
मोरङको २ स्थानबाट नियन्त्रीत लागुऔषध गाँजा र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । शुक्रवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउ स्थितमा पैदल हिडिरहेका धरान-१५ का १९ बर्षीय अजय तामाङ, २२ बर्षीय च्यामन राई र लेटाङ नगरपालिका-७ का १८ बर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ केजी गाँजा बरामद भएको थियो ।
यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेट सहित १ भारतिय नागरीकलाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुर बस्ने १८ बर्षीय दिपेश यादव ७५ एम्पुल डाईजेपाम सहित पक्राउ परेका हुन् । BR-38 H 6359 नम्बरको मोटरसाईकलमा सवार रहेका यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्