५० किमी राईडिंग गर्ने भनि उदयपुर कोरा साइकलिंग गाईघाटबाट सुरु

०२ साउन उदयपुर । उदयपुर जिल्ला साइकलिंग संघ र गाईघाट साइकल सिटि नेटवर्कको आयोजनामा कोरा साइकलिंग च्यालेज गाईघाटबाट सुरु भएको छ । गाईघाट जलजले मुकुर्ची, सुकौरा, बोक्से र फेरी गाईघाटमै आएर सकिने ५० कि.मि. कोरा साइकलिंग आज शनिवार त्रियुगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विश्वराज भट्टराईले फल्याग अप गरेर कोरा साइकलिंग च्यालेजको सुरुवात गर्नु भएको उदयपुर जिल्ला साइकलिंग संघका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिनु भयो ।

४५ जना साइकलिंग राईडरहरुका सहभागीतामा ३ समुहमा बाडिएर कोरा साइकलिंग गरिने भएको छ । कोरोनाको महामारीलाई ख्यालमा राखेर दुरी कायम गरी एक समुहमा १५ जना भन्दा बढी सहभागी नहुने गरी साइकलिंग गराईएको अध्यक्ष रोइलाले बताउनु भयो ।
“बढ्दो प्रदुर्शन,अब्यबस्थित जिबन शैलीलाई मध्य नजर गर्दै जिल्लामा यस्ता गैतिबिधि भैरहनु राम्रो हो, साइकल चलाउनु हरेक कोणबाट फाईदाजनक हुने हुदा बेला बेल्लामा हुने यस्ता गतिबिधिले साइकल प्रयोगकर्ता बढ्ने विश्वास गर्न सकिन्छ ।” अध्यक्ष रोइलाले भन्नु भयो ।

कोरोना प्रकोप ले गर्दा यस पटकको कोरा साइकलिंग च्यालेज उदयपुरको तिन ठुला शहर गाईघाट, बेल्टार र कटारीमा हुने साइकलिंग संघ उदयपुरका सचिब शन्तोष गुप्ता ले बताउनु भयो ।

चौदण्डी साइकल सिटिले बेल्टारमा, जिल्ला साइकलिंग संघले गाईघाटमा र कटारी राइडब्रदर्शले कटारीमा स्वास्थ्यको मापदण्डलाई अपनाएर कोरा साइकलिंग च्यालेज सम्पन्न गर्ने साइकिलिगं सचिव गुप्ताले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्