कांग्रेसको कोभिड-१९ अनुगमन समितिले आजदेखि प्रदेशस्तरीय अन्तर्क्रिया सुरु गर्दै

२७ भाद्र २०७७, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’ ले आज (शनिबार) देखि सातवटै प्रदेशहरुमा ‘भर्चुअल’ अन्तर्क्रिया सुरु गर्दैछ ।

नेपालका प्रथम जननिर्वाचित प्रानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर अनुगमन समितिले सातवटै प्रदेशहरुमा ‘भर्चुअल’ अन्तरक्रिया गर्न लागेको हो ।

बीपी जयन्तीको अवसर पारेर अनुगमन समितिले शनिबारबाट एक साता लामो ‘कोरोना संक्रमणको सन्दर्भ : सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयक ‘भर्चुअल’ अन्तरक्रिया गर्न लागेको समितिका सदस्य केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।

उनकाअनुसार शनिबार गते प्रदेश नम्बर १ मा, आइतबार प्रदेश नम्बर २ मा, साेमबार वाग्मती प्रदेशम, म‌गलबार गण्डकी प्रदेशमा, बुधबार प्रदेश नम्बर ५ मा, बिहीबार कर्णाली प्रदेशमा र शुक्रबार सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया तय गरिएको छ ।

अन्तरक्रियालाई सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने केन्द्रिय सदस्य साउदले जानकारी दिए । अन्तरक्रिया हरेक दिन दिउँसो ३ बजेबाट सुरु हुने बताइएको छ

यहाँ कमेन्ट गर्नुहोस्