हाल देशका अधिकांस भूभागमा सामान्य बदली

साउन १९ काठमाडौँ ___ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांस भूभागमा सामान्य बदली रही बागमती, गण्डकी र  लुम्विनि प्रदेशका  थोरै स्थानहरुमा  हल्का वर्षा भैरहेको छ।

मौसमविद्का अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती , गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी आज राती  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १,बागमती, गण्डकी र  लुम्विनि प्रदेशका  एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
प्रदेश १, बागमती, गण्डकी, लुम्विनि, कर्णालि र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी  भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यहाँ कमेन्ट गर्नुहोस्