सरकारद्वारा रेल्वे कम्पनीका महानिर्देशक गुरु भट्टराईसँग स्पष्टीकरण माग

साउन १९ काठमाडौं___ सरकारले रेल्वे कम्पनीका महानिर्देशक गुरु भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले रेल्वे कम्पनीका महानिर्देशक भट्टराईसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पछिल्लो समय रेल्वे कम्पनीले विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको भन्दै सरकारले स्पष्टीकरण सोधेको हो । त्यसैगरी आजको बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । त्यसैगरी विदेशी उत्पादन कम्पनीहरुलाई उत्पादनको अनुमती दिने निर्णय समेत आजको बैठकले गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्