भारतका निरज चोपडालाई टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण

साउन २३ एजेन्सी___भारतका निरज चोपडाले टोकियो ओलम्पिकमा ज्याभलिनको स्वर्ण जितेका छन् । आज भएको फाइनलमा उनले ८७.५८ मिटर टाढा ज्याभलिन फालेर स्वर्ण जितेका हुन् ।

२३ वर्षीय चोपडाले जारी ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । १५औं दिनमा आइपुग्दा दक्षिण एशियाबाट भारतले मात्र स्वर्ण जितेको छ । भारतले यसअघि रजत र काँस्य जितिसकेको छ ।

चोपडाले सुरुवातमा नै ८७ मिटर टाढा फालेर अग्रता लिएका थिए । दोस्रो थ्रो अझ टाढा फालेका थिए । उनको थ्रोलाई कुनैपनि खेलाडीले उछिन्न सकेनन् । ज्याभलिन थ्रोमा पाकिस्तानले पनि पदकको आशा गरेको थियो । पाकिस्तानका अरसद नदिमले पाचौं स्थान हासिल गरे ।

यहाँ कमेन्ट गर्नुहोस्