शाहरुख खान र श्रीदेबीकी छोरीले बलिउडमा एकसाथ डेब्यु गर्दै

भाद्र ६ एजेन्सी___ बलिउडका दुई नवनायिकाले डेब्यु गर्दैछन् । अभिनेता शाहरुख खानकी छोरी सुहाना र श्रीदेवीको सानी छोरी खुशी कपुरले अब छिट्टै बलिउडमा डेब्यु गर्ने भएका हुन् । उनीहरुले जोया अख्तरको नयाँ फिल्ममा काम गर्ने भएका हुन् ।

सुहाना र खुसीसँगै अमिताभ बच्चनका नाती अगस्त्य नन्दाले पनि फिल्ममा अभिनय गर्दैछिन् । जोयाका अनुसार नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुनेछ ।

यस बिषयमा खुशी कपुरका पिता तथा निर्माता बोनी कपुरले पनि बताएका छन् । एक संचारमाध्यममा उनले भनेका छन्– ‘खुशीलाई बलिउड डेब्यु गर्न मन भए उनको आफ्नो ब्यक्तिगत निर्णय हो । बलिउडमा आउन मन भए उनले आफै फैसला गर्नेछिन् ।’

यस्तै सुहानालाई पनि फिल्मको अफर आएको तर शाहरुखले अनुमति दिइनसकेको बताइएको छ । यसअघि सुहानाले २०१८ मा ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा काम गरेकी थिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्