‘केजीएफ २’को प्रदर्शन मिति तय

भाद्र ६ एजेन्सी___ सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले दर्शकमाझ राम्रो प्रभाव पारेको छ । यो चलचित्रको सिक्वेल पनि प्रदर्शनका लागि तयार भैसकेको छ । तर, कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ । यो चलचित्रलाई यो बर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको थियो ।

तर, कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज हुन सकेन । अब भने यो चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका मुख्य नायक यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन् । यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका छ । चलचित्रमा सञ्जय खलपात्रको भूमिकामा देखिएका छन् । चलचित्रको टिजर सार्वजनिक भैसकेको छ र दर्शकले यसलाई निक्कै मन पराएका छन् । कन्नड भाषामा बनेको यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्