कञ्चना–३ कि नायिका अलेक्जान्द्रा जावी गोवामा मृत भेटिइन्

भाद्र ८ एजेन्सी___  कञ्चना–३ कि अभिनेत्री तथा रसियन मोडल अलेक्जान्द्रा जावीको मृत्यु भएको छ । उनको शव भारतको गोवामा उनी बस्ने फ्ल्याटमा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना ब्वाइफ्रेन्डसँग गोवामा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । उनको शव किचनमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ ।

उनको पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ। केही समयदेखि मानसिक समस्या झेलिरहेकी उनी औषधि सेवन गरिरहेकी थिइन् । प्रेमीसँगको ब्रेकअपपछि उनी तनावमा थिइन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। उनले सन् २०१९ मा चेन्नईका एक फोटोग्राफरविरुद्ध यौन शोषणको मुद्दा दर्ता गरेकी थिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्