अभिनेत्री कँगना रनौतको नयाँ फिल्म ‘थलाइवी’को रिलिज मिति घोषणा

भाद्र ८ एजेन्सी___ पाँच दिन अघि भारत सहित अन्तराष्ट्रिय बजारमा समेत रिलिज भएको अक्षय कुमारको फिल्म ‘बेल बटम’ले आशातिर ब्यापार गरेको छ । कोरोनाको महामारी कम हुँदै गर्दा दर्शकहरु सिनेमा हलमा आएर फिल्म हेर्न थालेपछि त्यहाँका सिनेकर्मीहरु उत्साहित भएका छन् । यसै क्रममा सिनेकर्मीहरुले धमाधम आफ्नो फिल्मको रिलिज मिति तय गर्दैछन् ।

अभिनेत्री कँगना रनौतको नयाँ फिल्म ‘थलाइवी’को पनि रिलिज मिति घोषणा गरिएको छ । यो फिल्म अबको एक महिनापछि रिलिज हुने भएको छ । तमिलनाडुका पूर्व मुख्यमन्त्री एवम् दिवँगत बरिष्ट राजनेत्री जय ललिताको जीवनीमा यो फिल्म आधारित छ । यो फिल्मलाई १० सेप्टेम्बरबाट विश्वब्यापी रुपमा प्रदर्शन गरिने भएको छ । यो फिल्मलाई जी स्टुडियोले सिनेमा घरमा रिलिज गर्न लागेको हो ।

फिल्मको रिलिज मिति यस अघि नै तय गरिएको भए पनि दोश्रो कोरोना लहरका कारण फेरी फिल्मको रिलिज पछि सारिएको हो । भारतमा ६ महिना पछि बल्ल यतीबेला सिनेमा घर खुलेको छ । अहिले बेल बटमले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । भारतको महाराष्ट्र लगायतका केही राज्यमा अझै फिल्म हल खुलेको छैन । फिल्म ‘थलाइवी’ रिलिज हुँदासम्म मुम्बई लगायतका शहरका सिनेमा हल खुल्ने आशा गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्