वीरगञ्जमा भयो “बिहार से काठमाडौं” को सुटिङ सुभारम्भ

असोज १४  वीरगञ्ज___ भोजपुरी फिल्म “बिहार से काठमाडौं” को सुटिङ सुभारम्भ भएको छ । वीरगञ्जका अभिनेता प्रदेशी साह र काठमाडौंकी अभिनेत्री एलिना बास्कोटाको मुख्य अभिनय रहेको फिल्मको सुटिङ बुधबार एक कार्यक्रमको बिच सुभारम्भ गरिएको हो । नेपाल पत्रकार महासंघको सभा हलमा भएको शुभारम्भ समारोहका प्रमुख अतिथी नेशन मेडिकल कलेजका निर्देशक बसरुदिन अन्सारीले फिल्मले भोजपुरी भाषाको प्रबर्द्धन हुने वताए । उनले “बिहार से काठमाडौं” नाम राखिएको भोजपुरी फिल्मले भारत र नेपाल बिचको रोटी बेटीको सम्बन्ध प्रागाढ समेत बनाउने वताए ।

काठमाडौं मेडिकल कलेजका निर्देशक समेत रहेका अन्सारीले फिल्म सुटिङको लागि आवश्यकता परे कलेज पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले वीरगञ्जका प्रोडुसरहरुको मुख्य लगानीमा निर्माण हुने फिल्मबाट यहाँका स्थानिय कलकारहरुलाई मोका दिनु पर्ने वताए । आशुतोष फिल्म प्रोडुसन प्रा।लि।, नमस्ते नेपाल इन्टरटेनमेन्ट र वीरगञ्जका व्यवसायी नविन कुमार अग्रवालद्वारा निर्माण भइरहेको फिल्मको निर्देशक नारायण दत उपाध्याय रहेका छन् भने प्रोडुसरहरुमा वीरगञ्ज कै किरण सरकार र गोपाल पौडेल रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्