निजी भारतीय कार जिप नेपाल प्रवेशमा वीरगञ्ज भन्सार बाधक, होटेल तथा पर्यटन ब्यवसायी निराश

असोज  १४ वीरगञ्ज  ___  औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको एक साता बितिसक्दा पनि निजी सवारी नेपाल प्रवेश गर्न नपाएपछि होटेल तथा पर्यटन ब्यवसायीहरु निराश भएका छन् । गृह मन्त्रालयले मातहतका जिल्लाहरुका पठाएको पत्रको आदेशबाट नाका औपाचरिक रुपमा खुल्ला भइसकेको छ । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा सीमा बन्द थियो ।

असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमानाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरे अनुसार गृह मन्त्रालयले पत्र जिल्लामा पठाएको थियो । नाकामा आवागमन पुनः साबिक सरह सुचारु गर्न सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय तयार रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

देशकै सबैभन्दा बढी आवागमन हुने ठूलो नाका वीरगञ्जमा भारतीय सवारीहरुको प्रवेश नहुँदा ब्यापार चौपट भएको भन्दै यसमा अब भन्सार मात्र बाधक देखिएको छ । सिमाना खोलेर भारतीय पर्यटकहरुलाई सहज रुपमा आवतजावत गर्ने वातावरणको सृजना गर्न होटेल तथा पर्यटन ब्यवसायी संघ, पर्साले आवाज उठाउँदै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्