उडान भर्ने क्रममा विमानमा लाग्यो आगो, सवार २१ यात्रुहरू सकुशल

कार्तिक ३ काठमाडौं ___ अमेरिकाको टेक्ससमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा सबै यात्रु भने सकुशल रहेको सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

 

म्याकडोनल डगलस एमडी–८७ जहाज ह्युस्टनमा मंगलबार बिहान भएको विमान दुर्घटनामा विमानमा सवार सबै २१ यात्रुहरू सकुसल रहेका छन् । उनीहरु सामन्य घाइते मात्रै भएको जनाइएको छ । ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्