माओवादी केन्द्रले गठन गर्‍यो ३३ वटा विभाग [कुनमा को?]

कार्तिक ४ काठमाण्डौ___ नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ। पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको जानकारी दिए। बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको छ। त्यस्तै विभागबाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ। प्रवक्ता महराका अनुसार पार्टी स्कुल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल छन्। यस्तै विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी छ। तथापि त्यसको संयोजकमा सूर्य सुवेदी रहने भएका छन्।

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल रहेको प्रवक्ता महराले बताए। जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्। उनका अनुसार कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन् यस्तै पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ छन् भने पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन छन्।

 

यसैगरी राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह रहेको महराले बताए। विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संगठन विभागमा जनार्दन शर्मा रहेका छन्। यसैगरी संघीय संसदीय विभागमा देव गुरुङ, समाजकल्याण विभागमा सत्या पहाडी, सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विकास विभागमा देवेन्द्र पौडेल, समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत छन्।

 

महराका अनुसार साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला संयोजक तोकिएका छन्। प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको जानकारी दिँदै एक सातामा पार्टी सदस्यताको काम पूरा हुने बताए। उनँले राष्ट्रिय महाधिवेशनमा पाँच देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताए।

 

यहाँ कमेन्ट गर्नुहोस्