माओवादीको पार्टी सदस्यता नविकरण म्याद कार्तिक २५ गतेसम्म

कार्तिक ४ काठमाण्डौ___ सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले यही कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नविकरण गर्नेगरि कार्यतालिका हेरफेर गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनको मिति भने नसारिएको स्पष्ट पारेका छन् । आज बसेको स्थायी कमिटीको बैठकले विभागको प्रमुखसहित सदस्यहरूको टुंगो लगाएको हो ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टीका ३३ विभाग गठन गरेको छ । तीमध्ये विपत् व्यवस्थापन विभाग भने गठन हुन बाँकी छ । उनका अनुसार सबै विभाग ३५ सदस्यीय छन् । बैठकले १७५ जना रहेको सम्पर्क समिति पनि गठन गरेको छ । त्यस्तै, रामचन्द्र झाको संयोजकत्वमा नीति तथा अध्ययन प्रतिष्ठान गठन गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्