पहिरोका कारण सिन्धुलीको हैराबर हुँदै यात्रा गर्नेको सास्ती

कार्तिक ४ सिन्धुली___ सिन्धुलीको गोलान्जर गाउँपालिका-६ स्थित हैराबरमा लगातारको वर्षाका कारण पहिरो खस्दा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन । तीन दिनदेखि बन्द उक्त खण्ड बुधबार रातिदेखि एकतर्फी मात्रै खुलेको छ ।अहिले पनि सवारी साधन एक साथ पास हुन नसक्दा ट्राफिक जाम भएको छ ।

दसैंमा घर गएर राजधानी फर्किने यात्रुलाई पहिरो छिचोल्न सकस भएको छ । एकसाथ सवारी साधन वारपार गर्न नसक्दा यात्रु बच्चा र सामान बोकेर पहिरोमा जोखिम मोल्दै वारपार गर्न बाध्य छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्