भारतमा लगाइयो कोभिड–१९ विरुद्धको एक अर्ब डोज खोप

कार्तिक ४ काठमाण्डौ___ भारतमा कोभिड–१९ विरुद्धको एक अर्ब डोज खोप लगाइएको त्यहाँका अधिकारीहरूले बिहीबार बताएका छन् । डेल्टा भेरियन्टले सताएको भारतमा यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ । भारतको ७५ प्रतिशत योग्य वयस्क जनसंख्याले कम्तीमा एक डोज (मात्रा) खोप पाएका छन् । जबकि झन्डै ३० प्रतिशतले पूर्ण मात्रा पाएका छन् । झन्डै एक अर्ब ४० करोड जनसंख्या रहेको भारत एक अर्ब खोप लगाउने चीनपछि दोस्रो मुलुक बनेको छ ।

 

विश्वकै सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा गएको जुनमा नै एक अर्ब बढी डोप खोप लगाइएको होे । भारतमा पहिलो लहरपछि घटेको संक्रमणदर एक वर्षअघि डेल्टा भेरियन्ट देखिएसँगै फेरि उच्च बनेको थियो । अधिकारीहरूले हालैका महिनाहरूमा खोप अभियानलाई मजबुत बनाएका छन्, जसले कोभिड नियन्त्रण गर्न सहयोग गरेको विज्ञहरू बताउँछन् । त्यहाँ पूर्ण मात्रा प्राप्त गरेका र एक डोज मात्रै प्राप्त गरेका बीच अझै चिन्ताजनक अन्तर रहेको छ ।

गत हप्ता भारतको कोभिड–१९ कार्यदलका प्रमुख भीके पलले दोस्रो डोज बढाउने कार्य ‘एक महत्त्वपूर्ण प्राथमिकता’ भएको बताएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्